स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण
म्याग्दी : अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले एक करोड ५६ लाख रुपैयाँ लागतमा भूकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण गरेको हो। भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख रिसव पाण्डले बताए।
भवन अभावमा गाउँ संरक्षण व्यवस्थापन समितिको भवनको एउटा कोठाबाट स्वास्थ्यचौकी सञ्चालन गरिएको थियो। साँघुरो कोठामा बिरामीको स्वास्थ्य परीक्षणदेखि औषधि भण्डारण, प्रशासनिक, प्रसूति सेवा प्रभावकारी हुन सकेको थिएन।
नयाँ भवनमा प्रशासनिक, खोप, गर्भ जाँच, क्षयरोग, परिवार नियोजन, ड्रेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति र औषधि वितरणलगायत ११ वटा कोठा छन्। १५ बिरामीलाई उपचार गर्न मिल्ने पूर्वाधार तयार भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए।
सभाहल र दुई परिवार कर्मचारीको आवासका लागि तीन\तीन वटा कोठा पनि छन् । स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गाको व्यवस्था गरेका थिए। भवन निर्माणका लागि रूपा बरुवालले एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा दान दिएका थिए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने