अरिंगाल भुटेर खाँदा १० जना बिरामी
रुकुम पूर्व : अरिंगाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन्।
रेश्मा बुढा, नरबहादुर बुढा, आशापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा बिरामी परेका हुन्।
बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ। शनिबार बेलुका जंगलबाट ल्याएको अरिंगाल भुटेर १२ जनाले खाएका थिए।
बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो। उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको राससले जनाएकाे छ।
अहिले उनीहरुको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुम पूर्वका अहेब मदन खड्काले बताए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने