Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव

डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवा प्रभावित बनेको छ।

अस्पतालमा अहिले नेपाल सरकारतर्फबाट १०८ जनाको दरबन्दी स्वीकृत भएकोमा ३७ को मात्र पदपूर्ति हुँदा ७१ पद रिक्त छ। यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत रहेकोमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त छ। अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत छन्।

२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट एकजना गरी करारमा तीन जना मात्र विशेषज्ञ चिकित्सक छन्। त्यस्तै अस्पतालमा १९ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एक जना करारमा गरी जम्मा १० जना मात्र छन्।

त्यसमध्ये छ जना अध्ययन तथा असाधारण बिदामा रहेको अस्पतालले जानकारी राससले जनाएको छ। बाँकी रहेका चारमध्ये पनि तीन जनाको समायोजनपछि अस्पतालमा अहिले एक जना मेडिकल अफिसरमात्र रहेको अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि