आज विश्व मानसिक स्वास्थ्य दिवस
काठामाडौं : विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष अक्टुबर १० मा मानसिक स्वास्थ्य दिवस मनाइन्छ।
दिवसका अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन्। नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढिरहेको विज्ञहरू बताउँछन्। सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले पीडितहरूले भरपर्दो उपचार सेवा पाउन नसकेको उनीहरूको भनाइ छ।
नेपालमा नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत छ। मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत सर्वसाधारणसम्म पुगेको बताइन्छ।
विश्व स्वास्थ्य संगठनले नेपालमा करिब २२ लाख यो समूहका व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको अनुमान गरेको छ । संगठनका अनुसार चारमध्ये एक युवा र पाँचमध्ये एक बालबालिका कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन्।
अर्कोतर्फ मानसिक स्वास्थ्यको प्रत्यक्ष असर डिप्रेसनले पारेकाे छ। यसैका कारण १५ देखि २९ वर्ष समूहका व्यक्ति आत्महत्या गर्छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण