Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दसैंमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवा

दसैंमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवा

काठमाडौं : नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले दसैंमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवाको व्यवस्था गरेको छ ।

हटलाइन सेवा २४ सै घण्टा उपलब्ध हुने संघले जनाएको छ । संघले हटलाइन टेलिफोन नम्बर ९८४१२६४१७१ मा आकस्मिक औषधि र परामर्शका लागि सम्पर्क गर्न समेत आग्रह गरेको छ । चाडपर्वको समयमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवा सुरु गरेको संघले जनाएको छ ।

हटलाइनबाट क्यान्सर, मुटुरोग, मधुमेहका औषधिदेखि दुर्घटनामा परेका बिरामीको लागि आवश्यक पर्ने औषधिकाे माग गर्न सकिनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार