पाल्पाकाे रामपुरमा कान उपचार सेवा शुरु
पाल्पा : रामपुरमा सञ्चालित कालीगण्डकी आँखा उपचार केन्द्रले कान उपचार सेवा शुरु गरेको छ। आँखा उपचार सेवा दिँदै आइरहेको केन्द्रले कानको उपचार सेवा थप गरेको हो। रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले मंगलबार सेवा शुभारम्भ गरिन्।
रामपुरमै सहजरुपमा आँखा जाँचसँगै कानको उपचार सेवा दिने उद्देश्यले थप सेवा विस्तार गरेको केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए।
दैनिक आँखा जाँच तथा उपचार, मासिक शल्यक्रिया हुँदै आएकोमा अब कानको अप्रेशन बाहेक अन्य उपचार थप भएको उपचार केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिए।
केन्द्रले कालीगण्डकी बेँसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका नागरिकलाई सेवा दिँदै आएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित