आगोले पोलेकाे बिरामी बालकलाई आर्थिक सहयोग
खोटाङ : आगोले पोलेको घाउमा किरा परेपछि अस्पताल पुर्याइएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुस्त मनस्थितिका १२ वर्षीय सूर्यप्रकाश राईलाई आर्थिक सहयोग उपलब्ध गरिएको छ।
दुई महिनाअघि अँगेनामा परेपछि बायाँ खुट्टाको घुँडा डढ्दा घाउमा किरा परेर थलिएका बालकको उपचार गर्न स्थानीय किरणजित राईको संयोजकत्वमा गठित सहयोग समितिले संकलन गरेको एक लाख १४ हजार ४४८ रुपैयाँ उपलब्ध गराएको हो।
प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले पीडित बालकका बुबा कुन्दन राईलाई रकम हस्तान्तरण गरे। सहयोग समितिले यसअघि गत भदौ १० गते १६ हजार रुपैयाँ प्रदान गरेको थियो।
आर्थिक अभावका कारण उपचार नपाउँदा घाउमा किरा परेपछि गत भदौ ३ गते अस्पताल भर्ना गरिएको थियो। जन्मजात सेरेबल पाल्सीबाट पीडित बालकको यसअघि पनि आगोमै परेर हात डढेको थियो।
बोल्नसमेत नसक्ने बालकलाई निको नहुने रोग लागेका कारण सुस्त भएकाले पटक–पटक अँगेनामा परिसकेका स्थानीयवासीले बताएका छन् ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित