Health TV Online
Health TV Online
Health TV Online

अखाद्य वस्तु र म्याद गुज्रेका औषधि नष्ट

अखाद्य वस्तु र म्याद गुज्रेका औषधि नष्ट

डोटी : जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ।

पिपल्लाको सामुदायिक अस्पताल, निजी अस्पताल, फार्मेसी र निजी क्लिनिकमा गरिएको अनुगमनका क्रममा विभिन्न कम्पनीका म्याद गुज्रेको औषधि फेला पारेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए।

त्यसैगरी यहाँका अधिकांश स्वास्थ्य संस्थामा कुनै संस्थामा कागजात नभएका, कुनैमा म्याद नाघेका औषधि रहका, कुनैमा मूल्यसूची नरहेको, कुनैमा ओपीडी दर्ता नभएको, कुनैमा दर्ता प्रमाणपत्र नभएको फेला परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

अखाद्य वस्तुलाई कानूनी प्रक्रियाअनुसार नष्ट गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार