औषधि खरिद गर्न छैन बजेट
झापा : कारागारका कैदीबन्दीका लागि औषधि खरिद गर्न पर्याप्त बजेट नहुँदा समस्या भएको छ। कारागारमा दमका रोगी, मुटुरोगी, एचआइभीका बिरामी पनि छन्।
कारागार प्रमुख राजेन्द्रका अनुसार अढाइ सय क्षमताको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ गरी एक हजार १२० कैदीबन्दी छन्। सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० भन्दा बढी बिरामी हुने गरेका छन्।
यति धेरै कैदीबन्दी रहेको कारागारमा सरकारले औषधि उपचार खर्चका लागि चालू आर्थिक वर्षमा १३ लाख मात्र बजेट विनियोजन गरेको प्रमुख निरौलाको भनाइ छ। ‘यो बजेटले छ महीना पनि धान्दैन’, उनले भने, ‘साँघुरो बसाइँ, फोहरमैलालगायतका कारण उनीहरू बिरामी नभएको दिन नै हुँदैन।’
उहाँले गत वर्ष सरकारले १८ लाख बजेट विनियोजन गरे पनि २० लाख रूपैयाँ खर्च भएको बताए। चालू आव २०७६\७७ मा पठाएको १३ लाख रुपैयाँ खर्चबाट गत वर्षको दुई लाख रूपैयाँकाे औषधिको बक्यौता तिरेको र बाँकी रहेको ११ लाखले मुस्किले छ महिना मात्र पुग्ने उनले जानकारी दिए।
कैदीबन्दीमा प्रायजसो छाला र ‘भाइरल फिबर’को समस्या रहेको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण