स्वास्थ्य क्षेत्र धराशायी हुने अवस्थामा पुगेकाे भन्दै मन्त्रीकाे ध्यानाकर्षण
काठमाडौं : स्वास्थ्यसम्बन्धी संघसंस्थाहरूले देशभरका स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमण भइरहँदा नेपालकाे स्वास्थ्य क्षेत्र धराशायी हुन लागेकाे भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्।
स्वास्थ्यक्षेत्रको अवस्थाबारे पटकपटक जानकारी गराई सुरक्षाको प्रत्याभूति माग गरिएको र यससम्बन्धमा विभिन्न चरणमा नीति नियम र कानुन निर्माण भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवको ध्यानाकर्षण गरेका हुन्।
मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री यादवलाई भेटेर उनीहरूले ध्यानाकर्षणपत्र बुझाए। पछिल्लाेपटक वरिष्ठ चिकित्सक प्रा.डा. भोलाराज जोशीमाथि सांघातिक र भौतिक आक्रमणको धम्की दिँदै रकम असुल्ने कामले सम्पूर्ण चिकित्सा जगतलाई स्तब्ध बनाएकाे उनीहरूकाे भनाइ छ।
उपचारको क्रममा कुनै पनि दुर्घटना हुन गएका सो विषयलाई छानविन र कानुनी प्रक्रियामा लैजाने भन्दा पनि डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हुलहुज्जत, हातापाइ र हस्पताल तोडफोड गर्ने अनि फिरौतीको शैलीमा तर्साएर, धम्क्याएर पैसा उठाउने प्रक्रिया हाबी भइरहेको भन्दै लासमाथि व्यापार गर्ने क्रम बढेकाे भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
उनीहरूले यस्तो प्रवृत्ति रोक्न र चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न, सम्पूर्ण स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि सुरक्षाको प्रत्याभूति दिनउनीहरूले माग गरेका छन्। उनीहरूले अस्पतालमा उपचारका क्रममा हुने दुर्घटना लापरबाही हुन् वा होइनन् भन्ने निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्।
उनीहरूकाे ध्यानाकर्षणपत्र बुझ्दै राज्यमन्त्री यादवले मागप्रति सकारात्मक रहेकाे बताए। उनले अमेरिका भ्रमणमा रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएसँगै याे विषयमा कुरा अघि बढाउने आश्वासन दिए।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित