उपचारका क्रममा कैदीकाे मृत्यु
भरतपुर : जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। धादिङको गजुरी गाउँपालिकाका ३७ वर्षीय साइला भनिने राजकुमार राईको मृत्यु भएको हो।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार आज बिहान राईको मृत्यु भएको हो। उनले जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका थिए।
क्यान्सर रोग पीडित उनलाई काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो। उनको उपचारका क्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण