डा.भोलाराज जोशीमाथि भएको दुर्व्यवहारप्रति विरोध जनाउँदै चिकित्सक संघले निकाल्यो विज्ञप्ति
काठमाडौं : नेपाल चिकित्सक संघका आजीवन सदस्य रहेका प्रा.डा भोलाराज जोशीमाथि उपचारको क्रममा दुर्व्यवहार र मान मर्दन भएको भन्दै संघले विरोध जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ ।
जारी विज्ञप्तिमा नेपालको चिकित्सा शिक्षामा ठूलो योगदान पुर्याउनु भएका प्रा डा. जोशीमाथी अस्वाभाविक र अतिरञ्जित तरिकाबाट दुर्व्यवहार गरिएकोमा खेदपूर्ण भएको उल्लेख गरिएकाे छ ।
यस्तो प्रकारको घटनाले कुनै पनि चिकित्सकले भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न नसक्ने संघकाे ठहर छ । यस्ताे अवस्थामा सबैभन्दा पहिले चिकित्सक आफै रक्षात्मक उपायहरु अवलम्बन गरी विरामी हेर्नु पर्ने अवस्था सिर्जना भइ समग्र स्वास्थ्य सेवा प्रवाहमा गम्भिर असर पुग्ने तर्फ सचेत रहन सरोकारवाला सबैलाई संघले अपिल गरेको छ ।
यसका साथै संघले घटनाको सत्यतथ्य छानबिन गरी चिकित्सकको प्रतिष्ठामा आँच आउन नदिन छिटो भन्दा छिटाे दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसमक्ष माग समेत गरेको छ।
केही दिनअघि ओम अस्पतालमा एक जना बिरामीको मृत्युको विषयलाई लिएर डा.जोशीलाई दुर्व्यवहार गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण