Health TV Online
Health TV Online
Health TV Online

दशैँकाे विदामा पनि स्वास्थ्य संस्थामा उपचार प्रभावित नहुने

दशैँकाे विदामा पनि स्वास्थ्य संस्थामा उपचार प्रभावित नहुने

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैँ र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सहज बनाउने व्यवस्था मिलाउन स्थानीय निकायलाई भनेको छ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यसेवा सहज राख्न स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई ११ बुँदे आग्रह जारी गरिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सहज बनाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए।

मन्त्रालयका  अनुसार दशैँमा सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, डेंगुको उपचार सेवा प्रभावित हुन नदिने, सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापन गर्न तयारी रहने, रक्तसञ्चार अभाव हुन नदिन ध्यान दिने र सेवामा रहेका स्वास्थ्यकर्मीका सम्पर्क नम्बर आकस्मिक कक्षमा राखिने बताइएको छ।

अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउन समेत संघीय सरकारले आग्रह गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार