नेपाल आज ‘खुला दिसामुक्त’ हुँदै
काठमाडौं : आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ। काठमाडौंमा भव्य कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम छ।
घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरूमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुनेछ। नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो।
खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका ५६ लाख ६० हजार २१४ घरमा शौचालय बनिसकेका छन्। नेपालका करिब सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको र देशका ७७ वटै जिल्ला खुला दिसामुक्त भइसकेकाले साेमबार देशलाई खुला दिसामुक्त घोषणा गर्न लागेको सरकारले जनाएकाे छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित