बुटवलमा स्किन एन्ड लेजर सेन्टर सञ्चालनमा
बुटवल : प्रदेश ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एन्ड लेजर सेन्टर सञ्चालनमा आएको छ। सेन्टर आइतबार प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे।
छाला तथा यौन रोग, कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी रोगले प्रभाव पार्ने शारीरिक, मानसिक र सामाजिक समस्याको निराकरण गर्ने उद्देश्यले एक करोड ९५ लाख ८० हजारको लगानीमा छाला र यौन रोगको उपचार केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष यमबहादुर थापा मगरले बताए।
राससका अनुसार सेन्टरमा कम्प्युटर विधिद्वारा छाला परीक्षण गर्ने, छाला तथा यौन रोग, कुष्ठरोग, नङ, कपाल आदिमा देखिने रोगसम्बन्धी सम्पूर्ण उपचार सेवाको व्यवस्था गरिएको विशेषज्ञ डा. ललन खतिवडाले बताए। सेन्टरका विशेषज्ञ डा. विक्रम ज्ञवालीले लेजर प्रविधिद्वारा अनुहारको चाया, पोतो, चाउरीपना, शरीरको अनावश्यक रौँ, स्ट्रेच मार्क, पेटका सेता धर्सा, टाटु हटाउने, योनी कसिलो बनाउने र सेतो दुबीको उपचार सेवासमेत प्रदान गरिने बताए।
सेन्टरमा छाला तथा यौन रोग, कुष्ठरोग विशेषज्ञ, कस्मेटोलोजी विशेषज्ञ, लेजर सल्य चिकित्सक विशेषज्ञ, प्लास्टिक सर्जरी विशेषज्ञ, जनरल सर्जरी विशेषज्ञलगायत अन्य स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिने उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण