लक्ष्यभन्दा चार महिनाअघि नै बन्याे स्वास्थ्यचौकी भवन
संखुवासभा : खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित स्वास्थ्यचौकी भवन निर्माण लक्ष्यभन्दा चार महिनाअघि नै सम्पन्न भएको छ। भवन निर्माण गर्न एक करोड ७९ लाख ५२ हजार ४३५ बजेट विनियोजन भएको थियो ।
भवनको ठेक्का संघीय आयोजना कार्यालय विराटनगर मोरङले २०७५ असार २५ मा ठेक्का लगाएको थियो । ठेक्काअनुसार स्वास्थ्यचौकी भवन २४ पुस ०७६ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर निर्माण कम्पनी अरुण–वरुण जेभीका निर्देशक मिगुर शेर्पाले सम्झौता अवधिभन्दा चार महिनाअघि नै भवन निर्माण सम्पन्न गरेर स्वास्थ्यचौकीको नवनिर्मित भवन स्वास्थ्यचौकी तुम्लिङटारलाई हस्तान्तरण गरे।
सम्झौता समयभन्दा अगाडि नै काम सम्पन्न गरेमा प्रतिदिन ०.०५ प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने र सम्झौताभन्दा ढिलो काम गरेमा सोहीअनुसार जरिवाना लिने प्रावधान छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण