भाइरल ज्वरो र टाइफाइडका बिरामीको चाप
ताप्लेजुङ : जिल्ला अस्पताल ताप्लेजुङमा भाइरल ज्वरो र टाइफाइडका बिरामीको चाप बढेको छ।
झाडापखाला, भाइरल ज्वरो, श्वाप्रश्वस्वास, निमोनिया टाइफाइड, पिसाबमा रगत देखिने लगायतका संक्रमण भएका बिरामीको चाप बढेको हो। अस्पतालमा शय्यासमेत अभाव छ। शय्या अभावमा भुँइमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।
जिल्ला अस्पताल ताप्लेजुङमा १५ शय्या रहे पनि हाल २५ जनाभन्दा बढी बिरामी भर्ना भएका छन्। देशमा रहेका जिल्ला अस्पताहरुलाई सरकारले ५० शय्याको बनाउने भने पनि अहिलेसम्म कार्यान्वयन नभएको अस्पतालका निमित्त प्रमुख डा. सोनिङ लामाले बताए।
अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी तथा औषधि समेत सबै प्रकारका नभएको कारण उपचार गराउन कठिनाइ भएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण