पूर्वराष्ट्रपतिलाई उपचार खर्च दिने सरकारकाे निर्णयप्रति थापाकाे प्रश्न
काठमाडौं : कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन्।
मन्त्रिपरिषदको अघिल्लो बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो।
‘हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ– ‘कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन।’ पूर्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि यो कानून सबैलाई लाग्छ’, थापाले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू?’
पेटमा क्यान्सर देखिएपछि पूर्वराष्ट्रपति डा. यादवको उपचार तीन वर्षअघि अमेरिकामा गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित