Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेद उपचारमा आकर्षित हुँदै बिरामी

आयुर्वेद उपचारमा आकर्षित हुँदै बिरामी

लमजुङ : जिल्लामा आयुर्वेदिक उपचारपद्धतिप्रति सर्वसाधारणको आकर्षण बढेको छ। आधुनिक चिकित्सा पद्धति अपनाउँदा पनि रोग निको नहुँदा आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढेको हो।

बेँसीशहर नगरपालिका–१० बाँझखेतमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक दुईजना आउने गरेकामा केही समयबाट दैनिक ३०\३५ जनाको हाराहारीमा आयुर्वेदिक उपचारका लागि बिरामी आउने गरेका छन्। गत आर्थिक वर्षमा मात्रै ७७४ पुरुष र एक हजार चार महिला गरी एक हजार ७७८ बिरामीले सेवा लिएको केन्द्रले जनाएको छ।

त्यस्तै ज्येष्ठ नागरिक प्रवर्धन कार्यक्रम अन्तर्गत ७० वर्षमाथिका ११५ ले सेवा लिएको बताइएको छ। अधिकांश बिरामी रोग पुरानो भएपछि मात्र आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेका कविराज निरीक्षक शम्भु चापागाईँले बताए।

आयुर्वेद केन्द्रमा बाथरोग, कमलपित्त, पेटका रोगी, मधुमेह, रक्तचापलगायतको उपचार हुने गरेको छ। केन्द्रमा उपचार असम्भव भएका बिरामीलाई काठमाडौंँस्थित नरदेवी आयुर्वेदिक अस्पतालमा पठाउने गरिएको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार