Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क स्वास्थ्य शिविरमा २६९ जनाले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरमा २६९ जनाले लिए सेवा

लमजुङ : बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंककाेले बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन्।

बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च रक्तचाप र थाइराइडका ७० बिरामीले स्वास्थ्य परीक्षण गरेकाे हस्पिटल सञ्चालक समितिका अध्यक्ष गुमानसिंह कँडेलले बताए।

जिल्लाका बेँसीशहर, गाउँशहर, भुकुण्डेलगायत जिल्लाका विभिन्न स्थानका बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ। स्वास्थ्य शिविरका लागि अन्नपूर्ण बाल तथा महिला अस्पतालका पोखराका चिकित्सक तथा स्वास्थ्यकर्मीको समूहले प्राविधिक सहयोग गरेको थियो।

शिविरमा आउने बिरामीका लागि निःशुल्क स्वास्थ्य परामर्श, औषधिमा ५०, ल्याब तथा भिडियो एक्सरेमा २५ प्रतिशत छुट गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राम बस्नेतले बताए। सनराइज बैंकले सामाजिक उत्तरदायित्व जिम्मेवारी बहन गर्दै बेँसीशहर हस्पिटलसँग मिलेर शिविरआयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार