केयुको एमबिबिएस र बिडिएस प्रवेश परीक्षाको नतिजामा त्रुटि, सच्चाएर नतिजा प्रकाशित
काठमाडौं :काठमाडौं विश्वविद्यालयले सार्वजनिक गरेको एमबीबीएस र बीडीएसतर्फको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएपछि पुन प्रकाशित गरेको छ ।
केयुले पुन नतिजा प्रकाशित गर्दै विद्यार्थीले आफनो उत्तरपुस्तिका हेर्नेसक्ने व्यवस्था समेत गरेको छ । । केयुले ४ असोजमा प्रवेश परिक्षा लिएको थियो । नतिजा प्रकाशित भए लगत्तै एक हजार भन्दा बढी विद्यार्थीले चित्त नबुझेको भन्दै रिटोटलिङ गर्न माग गर्दै निवेदन दिएका थिए ।
विद्यार्थिको माग पछि मात्र केयुले छानविन प्रकृया अघि बढाएको थियो । छानविन गर्ने क्रममा त्रुटि भेटिएपछि केयुले पुन नतिजा प्रकाशन गरेको हो । यो नतिजामा पनि विद्यार्थीलाई चित्त नबुझे आफ्नो उत्तरपुस्तिका हेर्न सक्ने केयुले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण