जर्मनीमा जन्मदर बढ्यो, तीन लाख २० हजार स्थानमा शिशु स्याहार केन्द्र अभाव
जर्मनीमा तीन वर्षमुनिका शिशुहरूको सेवाका लागि अझै झण्डै तीन लाख २० हजार स्थानमा शिशु स्याहार केन्द्र अभाव रहेको जर्मन इकोनोमिक इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
जर्मनीका नगरपालिका तथा शहरहरूमा रहेका एक लाख ५५ हजार शिशु स्याहार केन्द्रलाई सन् २०१४ देखि अहिलेसम्ममा आठ लाख १८ हजार पुर्याइएको पनि प्रतिवेदनमा उल्लेख छ। यो वृद्धिले पनि जर्मनीमा शिशु स्याहार सुविधाका लागि आवश्यक केन्द्रहरूको माग पूरा हुन नसकेको इन्स्टिच्युटले दाबी गरेको छ।
‘जर्मनीमा पछिल्लो समय जन्मदरमा देखिएको वृद्धिका कारण शिशु स्याहारका लागि यस्ता केन्द्रहरूको माग दैनिक बढिरहेको तथ्याङ्कले देखाएको छ’, संस्थाका परिवार नीति मामिला वरिष्ठ अर्थशास्त्री विदो गेइस थोएनले भने।
जर्मनीको संघीय राज्य ब्रेमेनमा त हरेक पाँच शिशुमध्ये एक वा सो भन्दा धेरैले उक्त सेवा लिनबाट वञ्चित भएको बताइएको छ। यो समस्या रिनल्याण्ड, पालाटिनेट र नर्थ सिन वेस्टफालियामा पनि समान रहेको उहाँको दाबी छ।
बिहीबार जर्मनीको ब्रेटलस्म्यान प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार जर्मनीको शिशु स्याहार प्रणालीलाई एक लाखभन्दा बढी दक्ष कामदार आवश्यक छ।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित