Health TV Online
Health TV Online
Health TV Online

एक वर्षमा ९५ हजारले गराए गर्भपतन, ११ प्रतिशत किशोरी

एक वर्षमा ९५ हजारले गराए गर्भपतन, ११ प्रतिशत किशोरी

काठमाडौं  : आर्थिक वर्ष २०७५\७६ मा करिब लाख महिलाले गर्भपतन गराएको एक तथ्यांकले देखाएको छ।  यसमध्ये ११ प्रतिशत किशोरी रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

पाँचौँ राष्ट्रिय सुरक्षित गर्भपतन दिवसका अवसरमा बिहीबार कार्यक्रम गरी महाशाखाले गत आर्थिक वर्षमा ९५ हजार ३ सय ६९ जनाले गर्भपतन गराएको जानकारी दिएको हो। यो संख्या स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको मात्र भएको महाशाखाले जनाएको छ। यसबाहेक पनि थुप्रै महिलाले असुरक्षित गर्भपतन गराउने गरेको अनुमान छ।

परिवार कल्याण महाशाखा योजनाका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले सुरक्षित गर्भपतन सेवा अभावमा धेरै महिलाले अमूल्य जीवन गुमाउने गरेको बताए। किशोरअवस्थामै गर्भवती हुने कारण मातृ मृत्युदर घटाउने लक्ष्यमा ठूलो समस्या हुनसक्ने उनको भनाइ छ।

पाँच

पाँच वर्षमा हुने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले नेपालमा प्रजनन उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्षमुनिका १७ प्रतिशत किशोरी गर्भवती हुने गरेको देखिएको छ।

नेपालमा औषधि खाएर गर्भपतन गराउनेको संख्या उच्च छ। महाशाखाको तथ्यांकअनुसार ५७ हजार ४२६ जनाले औषधि खाएका छन्। २७ हजार ८५८ ले शल्यक्रियामार्फत गर्भपतन गरेका छन्। २० वर्ष मुनिका ५ हजार ९११ किशोरीले औषधि र ४ हजार १७४ किशोरीले शल्यक्रियामार्फत गर्भपतन गराएको बताइएको छ।

राज्यले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन सुुरक्षित गर्भपतन गर्न पाउने अधिकारको व्यवस्था गरे पनि चेतना अभावमा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको तथ्यांक अधिकृत  बिजुक्छेले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार