नेपाल क्यान्सर हस्पिटल र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्।
नेपाल क्यान्सर हस्पिटल र बैंकबीच सम्झौता भएको हाे। सम्झौतापत्रमा हस्पिटलको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
देशभर बैंककाे ८७ वटा शाखा छन्। याे सम्झौतासँगै बैंकका कर्मचारी तथा ग्राहकले नेपाल क्यान्सर हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरूमा छुट पाउने बताइएकाे छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित