Health TV Online
Health TV Online
Health TV Online

पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहाेर्ने

पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहाेर्ने

काठमाडौं : पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।

बिहीबार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति यादवको उपचारका क्रममा भारतमा भएको खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिए।

पेटमा क्यान्सर देखिएपछि तीन वर्षअघि अमेरिकामा पूर्वराष्ट्रपति डा‍. यादवको उपचार गरिएको थियो। अमेरिकाबाट फर्किएपछि उनले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन्।

करिब दुईसाता अघि रगतमा केही खराबी देखिएको आशंकापछि डा। यादव चण्डीगढ गएका थिए। चण्डीगढबाट फर्केर  घरैमा आराम गरिरहेका डा‍. यादवको स्वास्थ्य अहिले ठिक रहेको जानकारी दिइएको छ।

थप समाचार