Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा हेल्थ एण्ड ब्युटी एक्स्पो हुने

काठमाडौंमा हेल्थ एण्ड ब्युटी एक्स्पो हुने

काठमाडौं : सौन्दर्य प्रशाधन स्वास्थ्यबीचकाे सम्बन्धबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा हेल्थ एण्ड ब्युटी एक्स्पो हुने भएको छ।

ब्राण्ड बर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा मंसिर ५ देखि एक्स्पो हुन लागेको बिहीबार कार्यक्रम गरी आयोजकले जानकारी दिएको हो।

एक्स्पोमा स्वास्थ्य संस्था, सौन्दर्यसँग सम्बन्धित संस्था मेकअप, स्पा एन्ड वेलनेस, व्यावसायिक तालिम कोर्स, जिम तथा फिटनेस सेन्टर, योग तथा ध्यान  लगायतका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

एक्स्पोले व्यक्तिको आत्मविश्वास बढाउन र बौद्धिक सौन्दर्यमा समेत निखार ल्याउन सहयोग पुर्याउने आयोजक ब्रान्डबर्थ प्राइभेट लिमिटेडका सीईओ मोहन गजुरेलले जानकारी दिए। एक्स्पोमा छाला रोग विशेषज्ञहरूले छाला सम्बन्धी समस्याबारे जानकारी गराउने सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताइन्।

मंसिर ८ सम्म चल्ने एक्स्पोमा दुई लाखभन्दा बढी सहभागी हुने आयोजकको अपेक्षा छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार