अनेरास्वियूले भन्याे, मेडिकल कलेजहरू सरकार आफैँ चलाओस्
काठमाडौं : सत्तारुढ नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैँ सञ्चालन गर्न आग्रह गरेको छ।
अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले बिहीबार विज्ञप्ति जारी गर्दै राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरूको जिम्मा लिएर आफैँ सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आह्वारन गरेको छ।
‘निजी मेडिकल कलेज संचालकहरुले मनपरि ढंगले तोकिएको भन्दा बढी शुल्क लिन नपाउने भएपछि विद्यार्थीको भर्ना नगर्ने र कलेजको साँचो सरकारलाई बुझाउने भन्दै जारी गरेको विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, संयाेजक ऐन महरद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा सबै मेडिकल कलेजहरुलाई १० वर्ष भित्र गैरनाफामूलक र सेवामूलक बनाउने प्रावधान राखिएकाले यसअघि सरकारले तोकेको शुल्क समेत घटाउँदै लानुपर्नेमा उल्टो मनपरी ढंगले शुल्क बढाउने र सरकारलगायतका नियमनकारी निकायको निर्देशन अवज्ञा गर्ने विषय आपत्तिजनक छ।’
निजी क्षेत्रका सञ्चालकहरूले राज्यकाे नीतिअनुसार चलाउन मेडिकल सञ्चालन गर्न नसक्ने हाे भने सरकारले नै जिम्मा लिएर चलाउनुपर्ने अनेरास्ववियूकाे भनाइ छ।
हेर्नुहाेस् विज्ञप्ति






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण