Health TV Online
Health TV Online
Health TV Online

नुवाकोटमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढे

नुवाकोटमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढे

नुवाकोट : नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमण बढेको हो।

त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढेका छन्। केही सातायता पहिलेको तुलनामा अहिले बिरामीको संख्यामा वृद्धि भएको त्रिशूली अस्पतालले जनाएको छ।

अस्पतालको बहिरंग सेवामा दैनिक आउने दुई सयभन्दा बढी बिरामीमध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका भएको चिकित्सकहरू बताउँछन्। भाइरलबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित छन्।

अस्पतालमा दैनिकरूपमा ५० जनासम्म  बिरामी आउने गरे पनि अहिले दुई सयसम्म पुग्न थालेको जिल्ला अस्पतालका त्रिशूलीका डा. जयराम पाण्डेले बताए। त्रिशूली अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरो र टाइफाइडको संक्रमण देखापरेको डा. पाण्डेले जानकारी दिए।

‘अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्न पनि समस्या हुन थालेको छ’, उनले भने, ‘हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।’

घर वरिपरी सफा राख्ने, पानी जम्ने खाल्टा पुर्ने र सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकको सुझाव छ।

थप समाचार