शल्यक्रिया गर्दा अस्पतालमा सुत्केरीको मृत्यु
पाल्पा : सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ।
पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्रा सूर्यवंशीकाे मृत्यु भएकाे राससले जनाएकाे छ। पाल्पाको युनाइटेड मिसन अस्पतालमा शल्यक्रिया गरेको दुई\तीन घण्टापछि गएराति उनकाे मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए।
तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी विपीन्द्रा मंगलबार अस्पतालमा भर्ना भएको परिवारले जनाएको छ। सामान्य रूपमा सुत्केरी भएकी उनको बच्चा भने मृत जन्मेको थियो ।
मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो। सुत्केरी महिलाको शल्यक्रियापछि श्रीमान् केशर सूर्यवंशीका अनुसार विपिन्द्रा राति धेरै पटक छटपटाएकी थिइन्। यसका कारण अक्सिजनको नली छुट्यो। नर्सहरूले अक्सिजन जडान गर्न नसक्दा उनकाे मृत्यु भएकाे आफन्तको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण