Health TV Online
Health TV Online
Health TV Online

सत्याग्रह थाल्ने डा. केसीकाे चेतावनी

सत्याग्रह थाल्ने डा. केसीकाे चेतावनी

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले मेडिकल कलेजहरूले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे सत्याग्रह थाल्ने चेतावनी दिएका छन्।

बुधबार प्रेस विज्ञप्ति निकालेर डा. केसीले मेडिकल कलेजले अवैध रूपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन्।

यस्तै उनले पराशर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार विश्वविद्यालयहरूमा नियुक्ति हुनुपर्ने माग पनि गरेका छन्। समितिको मापदण्डविपरीत नियुक्ति भए मान्य नहुने डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

त्यस्तै स्रंकमणकालीन न्यायसम्बन्धी आयोगमा पनि दलीय भागदण्ड मान्य नहुने भन्दै डा‍. केसीले गम्भीर तथा मानवताविरुद्धका अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारवाही सुनिश्चित गर्नसमेत माग गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार