Health TV Online
Health TV Online
Health TV Online

विद्यार्थी भर्ना नलिने मेडिकल कलेजहरूकाे घोषणा

विद्यार्थी भर्ना नलिने मेडिकल कलेजहरूकाे घोषणा

काठमाडौं : मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६\७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन्।

मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नलिने घोषणा गरेको हो।

त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेको समयमा मेडिकल कलेजहरूले भर्ना नलिने घोषणा गरेका हुन्।

राष्ट्रिय चिकित्सा ऐन २०७५, संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन अनुरूप भर्ना प्रक्रिया अघि बढाउनु पर्नेमा त्यसो नगरिएकाले विद्यार्थी भर्ना नलिने घोषणा गरिएको एसोसियसन अफ मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्धिन अन्सारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यस्तै, कलेजहरूको सिट संख्या, विदेशी विद्यार्थीहरूको भर्नाबारे अपनाइएको नीतिमा पनि एसोसियसनले आपत्ति जनाएको छ।

एमबीबीएस र बीडीएसलगायतका मेडिकल कोर्ष अध्ययनका लागि विश्वविद्यालयहरूले प्रवेश परीक्षा लिएर आफूअन्तर्गतका सरकारी तथा निजी कलेजहरूलाई विद्यार्थी भर्नाको सिफारिस गर्दै आएका छन् । यही प्रावधानअनुरूप त्रिभुवन विश्वविद्यालयले  हालै मेडिकल कलेज अध्ययनका लागि परीक्षार्थीको प्रवेश परीक्षा लिएर नतिजा सार्वजनिक गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार