Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भवतीको घरमा हरियाे झण्डा, स्वास्थ्य संस्थामा जाँच गराउनेलाई अण्डा

गर्भवतीको घरमा हरियाे झण्डा, स्वास्थ्य संस्थामा जाँच गराउनेलाई अण्डा

गुल्मी : मालिका गाउँपालिकाले गर्भवतीको घरमा हरियाे झण्डा र अण्डा अभियान ल्याएको छ।

याे कार्यक्रमअनुसार गर्भवतीको घरमा हरियो झण्डा राखिन्छ र चौथो पटक स्वास्थ्य संस्थामा जाँच गर्न पुग्ने गर्भवतीलाई एक क्यारेट अण्डा दिइन्छ।

गर्भवती भएको घर पहिचानका लागि घरमा हरियो झण्डा राख्ने र शून्य होम डेलिभरी बनाउनका यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए।

गाउँपालिकाले गर्भवतीको घरदेखि स्वास्थ्य संस्थासम्म जान र स्वास्थ्य संस्थादेखि घरसम्म जान निःशुल्क पाँच वटा एम्बुलेन्स व्यवस्था गरेको बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार