‘लामखुट्टे मार्न विषादी नछर्किनुस्’
काठमाडौं : स्वास्थ्य सेवा विभागले डेंगु नियन्त्रण तथा रोकथामका लागि विभिन्न विषादीको प्रयोग भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै विभागबाट उपलब्ध हुँदै आएको विषादी कालाजार प्रभावित क्षेत्र तथा औलो रोगको उच्च तथा मध्यम जोखिम भएका क्षेत्रमा घर तथा कटेराभित्र छर्किने प्रयोजनका लागि मात्र भएको जनाएको हो ।
‘डेंगु रोग नियन्त्रण र रोकथामको लागि सबैभन्दा प्रभावकारी विधि लामखुट्टेको विकास हुने वासस्थानको खोजी गरी लार्भा नष्ट गर्नु नै हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ सबैलाई राष्ट्रियस्तरमा नै अवलम्बन गरिएको खोज तथा नष्ट अभियानलाई निरन्तरता दिनुहुन अनुरोध छ।’






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित