१८ जिल्लाका डेंगु संक्रमितको उपचार चितवनमा
चितवन चितवनका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेंगु संक्रमितको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनले संकलन गरेको तथ्यांकमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेंगुका बिरामीको यहाँ उपचार भएको छ। उनका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेका छन्।
यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रूपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ।
केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेंगु परीक्षण गरिएको छ। जसमध्ये तीन हजार १३८ जनामा संक्रमण देखिएको उनले जानकारी दिए। ती बिरामीमा सबैभन्दा बढी चितवनका हुन्। चितवनमा संक्रमितको संख्या दुई हजार ३९० रहेको छ।
यस्तै नवलपुरको ३२२ र मकवानपुरका ६१ जना रहेको उनले बताए। यीबाहेक अन्य जिल्लाका ३६५ जना छन्। यो संख्या साउनयताको हो। परीक्षण गरेर संक्रमण देखिएका ३६५ मध्ये २५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ। अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययनलगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताए। कतिपयले यहीको ठेगाना लेखेर उपचार गर्ने गरेको उहाँको भनाइ छ। जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित