इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी
इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरू एकाएक बिरामी परेकाे र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो।
टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए। एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत समस्या भएकाे छ। ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरूको उपचार गरिएको छ’, श्रेष्ठले भने।
कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो। कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन।
कारागारमा हाल २६० कैदी छन्।१०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन्। कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ। कार्यालयमा चार जना कार्यालय सहयोगी छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण