डा.सन्दुक रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान
काठमाडौं : आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. रुइतलाई सम्मान गरेकी हुन्।
आँखाराेगकाे उपचार र अनुसन्धानमा अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाएका वरिष्ठ आँखा विशेषज्ञ रुइतलाई ५ लाख रुपैयाँ नगदसहित सो पुरस्कार प्रदान गरिएको हो।
मोतियाबिन्दुबाट हुने अन्धोपन घटाउन डा. रुइतले ऐतिहासिक योगदान पुर्याएको भन्दै उनलाई यो सम्मान गरिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण