Health TV Online
Health TV Online
Health TV Online

२८ जनाको दरबन्दी, दुई चिकित्सक कार्यरत

२८ जनाको दरबन्दी, दुई चिकित्सक कार्यरत

कञ्चनपुर : महाकाली अस्पतालमा दरबन्दीअनुसार पदपूर्ति नहुँदा चिकित्सक अभाव भएको छ।

२८ जनाको दरबन्दी रहेको महाकाली अस्पतालमा प्रसूतिरोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छालारोग विशेषज्ञ शम्भुदत्त जोशी मात्र कार्यरत छन्।

११औँ तहका चारजना डाक्टर, १०औँ तहका १६ जना डाक्टर, एक डेन्टल र नौ तहका सात मेडिकल अधिकृतकाे दरबन्दी भए पनि सोअनुसारको चिकित्सक पदपूर्ति गरिदिएको छैन। दरबन्दीअनुसार पदपूर्ति नभएका कारण समस्या भएको अस्पतालले जनाएकाे छ।

चिकित्सा परिचालन निर्देशनालयबाट चारजना मेडिकल अधिकृत, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एकजना मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ।

महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीका अनुसार सामान्य रोगबाहेक गम्भीर तथा ठूला प्रकृतिका बिरामी तथा घाइते ‘रेफर’ गर्ने गरिएकाे छ।

अस्पतालमा खानेपानी समस्या छ। उसकाे आफ्नै फार्मेसी छैन। दक्ष जनशक्ति अभावका कारण आधुनिक मेसिन पनि थन्किएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार