एम्बुलेन्स दुर्घटनामा घाइतेकाे अवस्था चिन्ताजनक
खोटाङ : एम्बुलेन्स दुर्घटना हुँदा एक युवकको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था गम्भीर बनेको हो।
बिहीबार राति भएको दुर्घटनापछि विराटनगरको गोल्डेन अस्पतालमा पुर्याइएका घाइते आचार्यको अझै होस खुल्न सकेको छैन। आचार्यको शुक्रवार बेलुकी टाउकोको सफल अप्रेसन गरिए पनि अवस्था चिन्ताजनक रहेको बताइएकाे छ।
जिल्ला अस्पताल दिक्तेलले रेफर गरेको बिरामी आफन्तलाई विराटनगर लैजाँदै गर्दा आचार्य सप्तरीको कञ्चनपुर वेरियरमा रातको २ बजे दुर्घटनामा परेका थिए। उनी खोटाङ सेवा समाज यूकेले प्रदान गरेको एम्बुलेन्समा बिरामीलाई लिएर अस्पतालतर्फ गएका थिए।
रोकेर राखेको टिप्परलाई ठक्कर दिँदा एम्बुलेन्स क्षतिग्रस्त बनेको छ। दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका एम्बुलेन्स चालक गोविन्द ढुंगाना पनि घाइते भएका छन्।
ढुंगानाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित