पाकिस्तानमा डेंगुले १६ जनाकाे मृत्यु
पाकिस्तानमा डेंगुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।
अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेंगुबाट देशभर नौ हजार ६ सय ३४ जना प्रभावित भएका छन्। रोग निगरानी विभागका प्रमुख राना साफ्डारका अनुसार सिन्धमा मात्रै आठ जनाको मृत्यु भएको छ भने इस्लामावाद र बालुचिस्तानमा तीन, तीन जना र पञ्जाबमा दुई जनाको ज्यान गएको छ।
देशभर डेंगुको प्रकोप बढ्दै गएपछि लामखुट्टे मार्ने तथा नयाँ फैलिन नदिने उपायका लागि विभिन्न अभियान चलाइएको छ। अधिकारिक तथ्यांकका अनुसार सन् २०१० देखि अहिलेसम्म पाकिस्तानमा ६० हजार जना बिरामी भएका छन् भने ३५० भन्दा बढीको मृत्यु भइसकेको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल