पाकिस्तानमा डेंगुले १६ जनाकाे मृत्यु
पाकिस्तानमा डेंगुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।
अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेंगुबाट देशभर नौ हजार ६ सय ३४ जना प्रभावित भएका छन्। रोग निगरानी विभागका प्रमुख राना साफ्डारका अनुसार सिन्धमा मात्रै आठ जनाको मृत्यु भएको छ भने इस्लामावाद र बालुचिस्तानमा तीन, तीन जना र पञ्जाबमा दुई जनाको ज्यान गएको छ।
देशभर डेंगुको प्रकोप बढ्दै गएपछि लामखुट्टे मार्ने तथा नयाँ फैलिन नदिने उपायका लागि विभिन्न अभियान चलाइएको छ। अधिकारिक तथ्यांकका अनुसार सन् २०१० देखि अहिलेसम्म पाकिस्तानमा ६० हजार जना बिरामी भएका छन् भने ३५० भन्दा बढीको मृत्यु भइसकेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण