डेंगुविरूद्ध प्रहरीकाे सचेतना अभियान
सुर्खेत : कर्णाली प्रदेश प्रहरीले डेंगुविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ। प्रदेशका सबै जिल्लामा अभियान सञ्चालन गरेकाे प्रहरीले जनाएको छ ।
अभियानअन्तर्गत कर्णालीका सबै जिल्लामा डेंगुबाट बच्न अपनाउनुपर्ने उपायबारे नागरिकलाई जानकारी दिन थालिएको हो । गत एक सातामा सबै जिल्लामा प्रहरी इकाइमार्फत ५५ स्थानमा सचेतना कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएकाे छ।
प्रदेशका सबै स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा डेंगुबारे जानकारी दिएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको पनि सहभागिता रहेको थियो।
अहिलेसम्म दैलेख, जाजरकोट, सुर्खेत, कालिकोट र सल्यानमा डेंगुको संक्रमण भेटिएको छ। बिहीबारसम्म प्रदेशका पाँच जिल्लामा ११ जना संक्रमित भेटिएका छन्। सुर्खेतमा ६, दैलेखमा दुई तथा कालिकोट, जाजरकोट र सल्यानमा एक–एक जना संक्रमित छन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित