डेंगुविरूद्ध प्रहरीकाे सचेतना अभियान
सुर्खेत : कर्णाली प्रदेश प्रहरीले डेंगुविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ। प्रदेशका सबै जिल्लामा अभियान सञ्चालन गरेकाे प्रहरीले जनाएको छ ।
अभियानअन्तर्गत कर्णालीका सबै जिल्लामा डेंगुबाट बच्न अपनाउनुपर्ने उपायबारे नागरिकलाई जानकारी दिन थालिएको हो । गत एक सातामा सबै जिल्लामा प्रहरी इकाइमार्फत ५५ स्थानमा सचेतना कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएकाे छ।
प्रदेशका सबै स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा डेंगुबारे जानकारी दिएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको पनि सहभागिता रहेको थियो।
अहिलेसम्म दैलेख, जाजरकोट, सुर्खेत, कालिकोट र सल्यानमा डेंगुको संक्रमण भेटिएको छ। बिहीबारसम्म प्रदेशका पाँच जिल्लामा ११ जना संक्रमित भेटिएका छन्। सुर्खेतमा ६, दैलेखमा दुई तथा कालिकोट, जाजरकोट र सल्यानमा एक–एक जना संक्रमित छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित