प्रदेश ३ मा चार हजारमा डेंगु संक्रमण
काठमाडौं : प्रदेश ३ मा तीन हजार ९२९ जना डेंगु संक्रमित भएको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि असोज १ सम्म सबैभन्दा धेरै प्रदेश ३ मा संक्रमित फेला परेका हुन्। डेंगुबाट मृत्यु हुनेको संख्या पनि प्रदेश ३ मै धेरै देखिएको छ। प्रदेश नम्बर ३ का काठमाडौँमा २, सिन्धुपाल्चोक र चितवनमा १\१ गरी अहिलेसम्म चार जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
काठमाडौंमा एक हजार ३३१, चितवनमा एक हजार २३७, मकवानपुरमा ७८३, भक्तपुरमा १९७ र ललितपुरमा २३१ जना संक्रमित भएका छन्। धादिङमा ४६, काभ्रेपलाञ्चोकमा १४, नुवाकोटमा १३, सिन्धुलीमा सात, रामेछापमा १०, सिन्धुपाल्चोकमा तीन, दोलखामा ६ र रसुवामा एक जना डेंगुको संक्रमित फेला परेका छन्।
डेंगु निययन्त्रण गर्न सरकारले ‘खोज र नष्ट गर’ अभियान चलाइरहे पनि संक्रमण नियन्त्रण हुन सकेको छैन। यस्तै, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल प्रदेश ३ मा डेंगुको प्रकोपबाट डराउनुपर्ने अवस्था नभएको बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण