वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने
काठमाडौं : सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्ने भएको छ।
बिहिबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले डा रुइतलाई पुरस्कृत गर्न लागिएको जानकारी दिएका हुन्।
आँखा स्वास्थ्यको क्षेत्रमा डा रुइतले गरेको योगदानको उच्च कदर गर्दै सरकारले उक्त पुरस्कार दिन लागेको हो। उक्त पुरस्कारको राशि ५ लाख रूपैयाँ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण