चितवनका निजी अस्पतालमा पनि आज ओपीडी नि:शुल्क
चितवन : संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि बिहीबार बहिरंग सेवा निःशुल्क गरेका छन्। सरकारले सबै सरकारी अस्पतालमा आज एक दिनका लागि बहिरंग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो।
जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरंग सेवा निःशुल्क गरेका हुन्। चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरंगका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताए। ओपीडीमा सामान्यमा २५ र विशेषमा ४०० रुपैयाँ लिइन्थ्यो।
मेडिकल कलेजमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी आउने गरेको उहाँले जानकारी दिए। यसैगरी कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत शुभप्रभात श्रेष्ठका अनुसार सामान्य र विशेष दुवै सेवा निःशुल्क गरिएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण