विराटनगरमा ट्रमा केयर सेन्टर
विराटनगर : जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरले सेवा सुरु गरेको छ। प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बुधबार सेन्टरको औपचारिक सुरुवात गरे।
विराटनगर–९ स्थित पाँच करोड रुपैयाँ लागतमा खुलेको सेन्टर १५ शय्याको छ। निजी क्षेत्रबाट सञ्चालित सो सेन्टरमा सघन उपचार कक्ष, एन सघन उपचार कक्ष पीआईसीयू, भेन्टिलेटरलगायतका अन्य ल्याबसम्बन्धी सेवा उपलब्ध गराउने सञ्चालक जयप्रकाश रायले बताए।
अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकसहित ३० जना कर्मचारी कार्यरत छन्। सेन्टरले उच्च रक्तचाप, मधुमेहका बिरामीलाई दैनिक निःशुल्क सेवा उपलब्ध गराउने भएको छ।
मन्त्री घिमिरेले विराटनगरलाई ‘स्वास्थ्य पर्यटन केन्द्र बनाउनमा यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
राससका अनुसार आगामी १५ दिनसम्म सेन्टरका सम्पूर्ण उपचार सेवामा बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराउने अस्पतालले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित