Health TV Online
Health TV Online
Health TV Online

युवा क्लबले किन्याे एम्बुलेन्स

युवा क्लबले किन्याे एम्बुलेन्स

नवलपरासी पूर्व : ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले नवलपुरको कावासोती नगरपालिका–६ मा रहेको मातृभूमि युवा क्लबले एम्बुलेन्स खरिद गरेको छ।

कावासोती नगरपालिका–६ को दुई लाख, विष्णुनगर सामुदायिक वनको दुई लाख रुपैयाँ र क्लबको आन्तरिक स्रोतबाट एम्बुलेन्स खरिद गरेकाे क्लबका सचिव तीर्थ डुम्रेले बताए।

एम्बुलेन्स खरिद गरेसँगै ग्रामीण क्षेत्रमा कोही आकस्मिक उपचार गर्नुपर्ने अवस्था भए समयमा अस्पताल पुर्याउन नसकी ज्यान बिरामीले गुमाउनुपर्ने अवस्था नरहने कावासोती नगरपालिका–६ का अध्यक्ष हेमप्रसाद पाण्डेले बताए।

‘समयमा उपचारका लागि अस्पताल पुर्याउन नसक्दा कतिपयले ज्यान गुमाएका थिए, गाउँमै एम्बुलेन्स भएपछि कसैको समयमा अस्पताल नपुर्याएककै कारण ज्यान जाने जोखिम रहने छैन’, वडाध्यक्ष पाण्डेले भने, ‘स्वास्थ्य उपचार सेवामा सहज हुनेछ।’

पाण्डेले वडाभित्रका अशक्त, विपन्न परिवार र ८४ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई उपचारका लागि अस्पताल लैजाँदा एम्बुलेन्स प्रयोग गर्नुपरे वडाले खर्च उपलब्ध गराउने समेत बताए।

एम्बुलेन्स सेवाबाट कावासोती–६ सहित वडा नं १, ५ लगायत आसपासका क्षेत्रका स्थानीयवासी लाभान्वित हुने बताइएको छ।

थप समाचार