Health TV Online
Health TV Online
Health TV Online

जंगली च्याउ खाँदा पाँचजना बिरामी

जंगली च्याउ खाँदा पाँचजना बिरामी

झापा : कमल गाउँपालिका–५ मा विषाक्त जंगली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ।

जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा ५० वर्षीया मीना सार्की, उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका हुन्।

च्याउको तरकारी खाएका छिमेकीहरू ७१ वर्षीय दुर्गा जिमी राई र श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

थप उपचारका लागि उनीहरूलाई बुुधबार राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार