Health TV Online
Health TV Online
Health TV Online

सरकारी अस्पतालका ओपीडी आज निःशुल्क

सरकारी अस्पतालका ओपीडी आज निःशुल्क

काठमाडौं : संविधान दिवसका अवसरमा बिहीबार सरकारी स्वास्थ्य संस्थाको बहिरंग (ओपीडी) सेवा निःशुल्क सञ्चालन भइरहेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपीडीतर्फको टिकट निःशुल्क हुने जनाएको छ।

स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्रदान गरिरहेकाे राससले जनाएकाे छ।

मन्त्रालयले संविधान कार्यान्वयन भएपछि आज पहिलोपटक ओपिडीतर्फको टिकट निःशुल्क गरेको हो। यसबाट विपन्न समुदायका बिरामीले थप राहत पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले जानकारी दिए। उनले भने, ‘जुम्ला अस्पतालले गरिब, विपन्न जनतालाई शुल्क नलिई उपचार गरिरहेको छ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा दैनिक ओपीडीतर्फ ७०० देखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउँछन्। ‘हामीले आज ओपिडीतर्फको टिकट निःशुल्क गर्छौँ’, अस्पतालका निर्देशक प्रा. डा. केदार सेञ्चुरीले भने। वि.सं १९४७ मा १५ शय्यासहित सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० शय्याको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार