‘डा. अग्रवाललाई दुर्व्यवहार गर्नेमाथि कारबाही खै?’
काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थानले आफ्ना डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई दुर्व्यवहार गर्नेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाएको छ।
घटना भएको ७२ घण्टा भइसक्दा पनि सम्बन्धित निकायबाट उचित कदम नउठाइएको र दोषीलाई नियन्त्रणमा नलिएको भन्दै संस्थानमा कार्यरत चिकित्सकहरूले बुधबार हातमा कालो पट्टी बाँधेर काम गरे।
संयोजक डा. गोपाल सेढाईँद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीलाई चाँडोभन्दा भन्दा चाँडो कारबाही गर्न आग्रह गरिएको छ। सरकारले ठोस कदम नउठाए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत संस्थानले दिएको छ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित