डडेल्धुरा सदरमुकाममा छरियाे लामखुट्टे मार्ने औषधि
डडेल्धुरा : जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा लामखुट्टे मार्ने औषधि छर्किएको छ।
डेंगुको संक्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना र्यालीसहित नेपाली कांग्रेस डडेल्धुराले औषधि छर्किएको हो। डेङ्गुको औषधि छर्किनुका साथै सचेतना र्याली निकालिएको पार्टीका डडेल्धुरा सभापति कर्णबहादुर मल्लले जानकारी दिए।
तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेंगु रोगको संक्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेका छन्। डडेल्धुरा जिल्लाका तीन जनामा डेंगु संक्रमण देखिएको डडेल्धुरा अस्पतालले बताएको छ।
डडेल्धुरामा डेंगुभन्दा पनि स्क्रब टाइफसको सङ्क्रमण बढी फैलिएको छ। अस्पतालका ल्याब प्रमुख ईश्वरी भुसालका अनुसार पछिल्लो तीन सातायता डडेल्धुरा अस्पताल पुगेका बिरामीमध्ये ५० जना भन्दा बढीमा स्क्रब टाइफसको संक्रमण देखिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित