मकवानपुरमा एक हजार जनालाई डेंगु संक्रमण
हेटौँडा : मकवानपुरमा गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि खड्कामा पहिलोपटक देखिएको डेंगुबाट भदौ मसान्तसम्म एक हजार जना संक्रमित भएका छन्।
राससमा उल्लेख समाचारअनुसार बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन्। उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रण उन्मुख भएको डेंगु भदौको शुरूकाे झरीसँगै बढेको हो।
हेटौँडा–४ मा दैनिक पाँचका दरले डेंगु संक्रमण बढिरहेकामा भदौ लागेपछि त्यो दर बढेर दैनिक १५ पुगेको छ। हाल भइरहेको वर्षाले पनि डेंगु बढाउन मद्दत पुग्ने भएकाले सर्वसाधारणलाई सचेत हुन आग्रह गरिएको छ। डेंगु नियन्त्रणमा प्रदेश सरकार, उपमहानगरपालिका र जिल्ला समन्वय समितिसमेत लागिपरेका छन् ।
चितवन तथा मकवानपुरलगायत प्रदेशका विभिन्न जिल्लामा फैलिएको डेंगु नियन्त्रणमा प्रदेश सरकार लागिरहेको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको भनाइ छ। डेंगु नियन्त्रण गर्न औषधि छर्किनेबाहेक हरेक उपाय अपनाइएको उनले बताए। मन्त्री दुलालले औषधि छर्किँदा आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने तथा लामखुट्टे नियन्त्रणमा खासै प्रभावकारी नहुने जानकारहरूको सल्लाहअनुसार औषधि नछर्किएको बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित